दक्षिण कोरियामा बिरालोका कारण १ सय बढी घरमा आगलागी,अमेरिकामा पनि प्रत्येक वर्ष यस्तै घटना


प्रकाशित मिति : पुस १९, २०७८ सोमबार

बच्चाबच्चीले आगो खेलेर वा ग्यास चुहावटका कारण घरमा आगलागी  भएको घटनाहरू हामीले सुन्दै आएका छौँ । तर बिरालोको कारण आगलागी भयो भन्दा अचम्म लाग्न सक्छ । हो, यस्तै घटना दक्षिण कोरियामा भएको छ । त्यसैले त्यहाँ बिरालो पाल्नेहरूलाई बिरालोको पनि क्रियाकलापमा निगरानी गर्न चेतावनी नै दिइएको छ ।

विगत ३ वर्षको अवधिमा १०० घरमा बिरालोका कारण आगलागी भएको तथ्य सार्वजनिक भएपछि सोलका अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् । सोल महानगर अग्नि तथा प्रकोप विभागले जारी गरेको विज्ञप्तिमा २०१९ को जनवरीदेखि यो वर्षको नोभेम्बरसम्म १०७ घरमा बिरालोकै कारण आगो लागेको उल्लेख छ ।

बिरालाले विद्युतीय स्टोभहरूमा स्वीच अन गरेर आगो लागेको बताइएको छ । टच सेन्सेटिभ बटनहरूमा बिरालोको हिँडाइले खुल्ने गरेको छ । त्यसपछि विद्युतीय चुलोहरू अधिक तात्ने पाइएको छ । अधिक तातेपछि स्वतः आगो लाग्ने गरेको पाइएको हो ।

अमेरिकामा पनि प्रत्येक वर्ष १ हजारको हाराहारीमा आगलागीका घटना पाल्तु जनावरका कारण हुने गरेको अमेरिकन ह्यूमेन एसोसियसनले जनाएको छ । एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com