मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्ने तीन भारतीय पक्राउ


प्रकाशित मिति : पुस २१, २०७८ बुधबार

प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’ को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका प्रहरीले बुधबार जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो ।

प्रहरीका अनुसार यस आरोपमा बीस वर्षका एक १८ वर्षीया महिला र दुई जना पुरूषलाई सुरक्षा नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ ।

“एपमा कुनै विशेष समुदायका केही महिलाहरूको तस्वीरहरू अपलोड गरिएको र आपत्तिजनक सन्देशहरू पनि राखिएको पाइएको छ,” मुम्बईका प्रहरी आयुक्त हेमन्त नाग्राले सञ्चारकर्मीलाई बताउनुभयो । यस विषयमा अनुसन्धान भइरहेकोले प्रहरीले थप विवरण दिन नमिल्ने नाग्राले बताउनुभयो ।

भारतका मुस्लिम अल्पसंख्यक सदस्यहरूले हालैका वर्षहरूमा आफ्ना समुदायलाई लक्षित गर्ने वा एक्लाउने प्रयासहरू भइरहेको आरोप लगाएका छन् । मुस्लिम महिलाहरूलाई लक्षित गर्ने अर्को नक्कली ‘लीलामी मञ्च’ छ महिनाअघि छोटो समय देखा परेको थियो । उक्त घटनाबारे प्रहरीले छानविन गरेको तर दोषीलाई कानूनी कारबाही गर्न असफल भएको मुस्लिम अधिकारीले बताएका छन् ।

हालैको एपमा प्रस्तुत गरिएका तस्बिरहरूबारे भारतीय नागरिक समाज तथा सर्वसाधारणबाट पनि सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।

कवि नबिया खानले अघिल्लो सप्ताहन्तमा ट्वीट गर्दै भन्नुभयो, “नयाँ वर्षको पहिलो दिन भारतमा हामीलाई यसरी स्वागत र व्यवहार गरिन्छ, जबकि मेरो देशका अन्य मानिसहरू रमाइलो, ठट्टा र पार्टी गर्छन् ।” उहाँले भन्नुभयो, “कोहीविरूद्ध पनि आक्रमण गर्न, अपमानित गर्न, किन्न र बेच्न भारतीय कानूनले छुट दिएको छैन ।”

यसैबीच, यो एप ‘होस्ट’ गरेको ‘ओपन सफ्टवेयर डेभलपमेन्ट प्लेटफर्म गिथहब’ले स्थानीय सञ्चारमाध्यमलाई प्रहरी जाँचमा सहयोग गर्ने बताएको छ । एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com