सीसीएमसीसीका १३ सिफारिस : सार्वजनिक ठाउँमा भेला हुने कार्यक्रममा रोक लगाउनेदेखि होटेल प्रवेश गर्दा खोप कार्ड अनिवार्यसम्म
प्रकाशित मिति : पुस २५, २०७८ आईतबार
कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार १३ वटा सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीका तर्फबाट सिफारिस गरेको छ । उपचारलाई थप प्रभावकारी बनाउन तथा जनचेतना अभिवृद्धि, औषधि तथा औषधिजन्य सामान छिटोछरितो माध्यमबाट खरिद तथा आपूर्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ ।
त्यसैगरी २५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ भने सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सीसीएमसीसीले विद्यालय बन्द गर्ने सिफारिस गरे पनि यसको निर्णय नेपाल सरकारले गर्नेछ ।
यस्ता छन् ,सीसीएमसीसीको बैठकले गरेका १३ सिफारिस