लकडाउनमा पार्टी गरेको भन्दै बेलायतका प्रधानमन्त्रीको राजीनामा माग,अनुसन्धान प्रतिवेदन आउँदासम्म पर्खन आग्रह


प्रकाशित मिति : पुस २८, २०७८ बुधबार

लकडाउनका दौरान एक पार्टीमा सहभागी भएको भन्दै शीर्ष नेताहरूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामा माग गरेका छन् । सन् २०२० मा डाउनिङ स्ट्रिडमा आयोजना गरिएको पार्टीबारे माफी माग्दै जोनसनले सर्वसाधारणको  आक्रोशलाई बुझेको बताएका छन् ।तर, स्कटिस टोरी नेता डगलस तथा सांसदहरु विलियम र्‍याग, कारोलिन नोक्स र रोजर गेलले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

हाउस अफ कमन्समा बुधबार माफी मागेपछि प्रधानमन्त्रीसँग ‘कठिन संवाद’ भएको रोसले बताए । उनले १९२२ कमिटीलाई प्रधानमन्त्रीमाथि अविश्वास दर्ता गर्नका लागि पत्र लेख्ने पनि बताए ।

यदि ५४ जना कन्जरभेटिभ पार्टीका सांसदहरूले १९२२ कमिटीलाई पत्र लेखे भने नेतृत्वका लागि चुनौती सुरु हुनेछ । मन्त्रीहरूले भने शीर्ष निजामती कर्मचारी सु गेरीले डाउनिङ स्ट्रिटमा आयोजना गरिएको पार्टीबारे गरिएको अनुसन्धानको प्रतिवेदन नआउँदासम्म पर्खनका लागि आग्रह गरेका छन् । उक्त प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने बताइएको छ ।

प्रधानमन्त्री जोनसनले मार्च २०२० बाट लकडाउनलाई खुकुलो बनाउन सुरु गरेका थिए । त्यतिबेला जायग काममा मात्र घरबाहिर निस्कन नपाउनेजस्ता नियम लागू गरिएको थियो । तर, १५ मे २०२० को तस्बिरमा जोनसन आफ्ना स्टाफसँग डाउनिङ स्ट्रिटको बगैँचामा वाइनको बोतलसँग देखिएका थिए । त्यस्तै, २० मे २०२० मा नम्बर १० गार्डेनमा १०० जना मानिसलाई ड्रिंक्स पार्टीका लागि निमन्त्रणा गरिएको थियो । प्रत्यक्षदर्शीले उक्त पार्टीमा प्रधानमन्त्री र उनको पत्नीसहित ३० जना सहभागी भएका थिए । एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com