बलात्कार र आतंकवाद बढेको भन्दै भारतमा यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको चेतावनी


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

अमेरिकाको जो बाइडेन प्रशासनले कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै आफ्ना नागरिकहरूलाई भारतको कुनै पनि प्रकारको यात्रा भम्रण नगर्न चेतावनी दिएको छ।

अमेरिकाले आफ्नो यात्रा परामर्शमा भनेको छ,‘अमेरिकी नागरिक जम्मू कश्मीर राज्यमा आतङ्कवाद र नागरिक अशान्तिलाई मध्य नजर गर्दै यात्रा नगर्न सल्लाह दिएका छन् । भारत–पाकिस्तान सीमाको १० किलोमीटरको क्षेत्रमा नजान समेत आग्रह गरिएको छ । त्यहाँ सशस्त्र सङ्घर्षको आशङ्का व्यक्त गरिएको छ ।

बाइडेन प्रशासनको तर्फबाट यो पनि भनिएको छ कि  ‘भारतमा बढ्दो बलात्कार अपराध मध्ये एक हो’ , रिपोर्ट अनुसार भारतमा बढ्दो बलात्कार अपराध मध्ये एक हो , यहाँ यौन दुर्व्यवहार जस्ता हिंसात्मक अपराधहरु पर्यटन र अन्य ठाउँहरूमा भएका छन्।

यो यात्रा परामर्श यस्तो समयमा आएको छ कि जब अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना मामिलालाई मध्यनजर गर्दै लेभल–३ स्तरको यात्रा र स्वास्थ्य सूचना जारी गरेको थियो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com