बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त
प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार
संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालको आवासीय राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त हुनु भएको । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको राजदूतमा आचार्यलाई नियुक्त गर्नु भएको छ ।
संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएका राजदूत लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उहाँको सट्टामा आचार्यको नाम सिफारिस गरिएको थियो । रेग्मी स्वदेश फिर्ता भएसँगै यसअघि नयाँ राजदूतमा आचार्यको नाम सिफारिस गरिएको हो ।
आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिवसमेत हुन् । यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकारसमेत रहेका थिए । अर्को शक्तिशाली मुलुक चीनसहितका २० नियोग अहिलेपनि राजदूतविहिन छन् ।