स्वर साम्राज्ञी लता मंगेशकरको निधन
प्रकाशित मिति : माघ २३, २०७८ आईतबार
चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
कोभिडबाट संक्रमित भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। स्थितिमा सुधार नआएपछि उनलाई आईसीयूमा राखिएको थियो ।
भारतिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान ८ः१२ बजे उनले अन्तिम सास लिईन । लता मंगेशकर एक महान स्वर साम्राज्ञी गायिका थिइन् जसले भारतमा फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी थिइन्।
लता मंगेशकरलाई भारतको ‘सुर कोकिला’ भनिन्छ । उनको फिल्म संगीत करियर आधा शताब्दी भन्दा बढी लामो थियो जसमा उनले ३६ भारतीय भाषाहरूमा ३० हजार भन्दा बढी गीत गाएकी छिन् । उनले हिन्दी मात्र होइन, थुप्रै नेपाली गितहरुमा पनि आवाज दिएकी थिइन ।
लता मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्य भारतको इन्दौर सहरमा भएको थियो । उनका पिता पंडित दीनानाथ मंगेशकर पनि गायक थिए। उनी थिएटर कलाकार पनि थिए र, मराठी भाषामा संगीत नाटकहरूको निर्माता पनि थिए।
सन् १९४९ मा उनले महल भन्ने सिनेमाका लागि पहिलो पटक गीत गाएकी थिइन्। त्यही गीतले उनलाई चर्चा चुलिएको थियो मंगेशकरले भारतका प्रतिष्ठित भारत रत्न, पद्मभुषण, दादासाहेब फाल्के अवार्डलगायत पुरस्कार र सम्मान पाएकी थिइन्।
लता मंगेशकर भारतको सबैभन्दा प्रसिद्ध र सबैको रोजाईमा रहेको गायिका थिइन्। बलिउडका हरेक ठूला अभिनेत्रीले लता मंगेशकरका गीतहरू मात्र गाउन चाहन्थे।