अस्ट्रेलियाका प्रधानमन्त्रीले सदन र सरकारी कार्यालयमा यौन उत्पीडन सहेका कर्मचारीहरूसँग मागे माफी


प्रकाशित मिति : माघ २६, २०७८ बुधबार

अष्ट्रेलियाका राजनीतिज्ञहरूले सदन र अन्य सरकारी कार्यालयहरूमा दशकौंदेखि उत्पीडन र यौन उत्पीडन सहने कर्मचारीहरूसँग माफी मागेका छन्।

प्रतिनिधि सभा र सिनेटका अध्यक्षहरूले कार्यस्थलको खराब व्यवहारलाई स्वीकार गर्दै सबै दलहरूको तर्फबाट माफी मागेका हुन । यौन भेदभाव आयुक्त केट जेन्किन्सको अनुसन्धानमा यो खुलासा भएको हो ।

सरकारी कर्मचारी ब्रिटनी हिगिन्सले यस सम्बन्धमा सबैभन्दा पहिले आरोप लगाएकी थिइन्, त्यसपछि यस सम्बन्धमा अनुसन्धान सुरु गरिएको थियो ।

 

प्रधानमन्त्री स्कट मोरिसनले देखाएको साहसका लागि हिगिन्सलाई धन्यवाद दिए। हिगिन्सले गत जनवरीमा आफ्नो सरकारी जागिर छाडेका थिए र यस सम्बन्धमा प्रहरीमा उजुरी गरेका थिए ।

मोरिसनले संसदमा भने, “मलाई माफ गर्नुहोस्। हामीलाई माफ गर!  हिगिन्सलाई यहाँ जे भयो त्यसको लागि म माफी चाहन्छु। हिगिन्सले आफूलाई मन्त्रीको संसद भवनको कार्यालयमा वरिष्ठ सहयोगीले बलात्कार गरेको आरोप लगाएकी छिन् । एजेन्सी

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com