क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा प्रदर्शनकारीहरूलाई घर जान आग्रह


प्रकाशित मिति : माघ २९, २०७८ शनिबार

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, ‘सबै कुरा वार्ताको टेबलमा छ’ भन्नुभएको छ।

‘यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य हुनेछ,’ ट्रूडोले भन्नुभयो। ‘हामी आशा गर्छौं कि यी मानिसहरूले घर जाने निर्णय गर्नेछन्। अन्यथा, त्यहाँ सुरक्षा व्यवस्था थप कडा पारिनेछ।

ओटावा, विन्डसर र अन्य ठाउँमा भएको नाकाबन्दीका पछाडि प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्ने प्रहरी र सबै तहका सरकारको तयारी भइरहेको ट्रुडोले बतताउँनुभएको छ।

संघीय, प्रान्तीय र नगरपालिकाका अधिकारीहरू हालैका दिनहरूमा स्पष्ट छन्स् नाकाबन्दी र काफिलेका गतिविधिहरूप्रति। ती ‘अवैध र ‘गैरकानून’ गतिविधि अन्त्य हुनुपर्छ, उहाँले थप्नुभयो ।

उहाँले भन्नुभयो संघीय सरकारले ‘अर्थतन्त्रलाई बन्धक बनाउनेू र राष्ट्रको राजधानीमा जीवनलाई ठप्प पार्ने कार्यकर्ताहरूलाई अब सहने छैन।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com