रुसलाई अमेरिकाको खुल्ला चेतावनी,’यदि अमेरिकीलाई युक्रेनमा निशाना बनाए,उचित जवाफ दिन्छौँ’


प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई कडा चेतावनी दिएका छन् । जो बाइडेनले आफू रुससँग  कुनै टकराव नचाहेको स्पष्ट रूपमा भनेका छन्, तर यदि रुसी आक्रमणले युक्रेनमा अमेरिकालाई निशाना बनाउँछ भने त्यसको उचित जवाफ दिइनेछ ।

बाइडेनले भने, ‘हामी युक्रेनमा रुसी आक्रमणको निर्णायक जवाफ दिन तयार छौं। रुसी आक्रमणको सम्भावना अझै धेरै छ। हामी रुससँग प्रत्यक्ष टकराव चाहँदैनौं, यद्यपि म स्पष्ट छु  यदि रुस, युक्रेन, अमेरिकीहरूलाई निशाना बनाउँछ, हामी जवाफ दिन बाध्य हुनेछौं।”

जो बाइडेन प्रशासनले  रुसलाई चेतावनी दिँदै भन्यो, ‘यदि क्रेमलिनले चाहेको खण्डमा कूटनीतिको बाटो अझै उपलब्ध छ।’

रुसले मंगलबार सैन्य अभ्यासमा भाग लिइरहेका केही सेना आफ्नो सैन्य आधारमा फर्किन थालेको बताएको छ । यद्यपि रुसले फिर्ताको विवरण भने दिएको छैन। यसबाट रुसले युक्रेनमा आक्रमण गर्ने योजना नबनाउन सक्ने आशा जगाएको छ।रुसी रक्षा मन्त्रालयले कहाँ र कति सेना फिर्ता गर्ने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

बाइडेनले भने  हाम्रा विश्लेषकहरूले सङ्केत गरेका छन्, त्यहाँ अझै पनि जोखिम छ। १.५० लाखभन्दा बढी रुसी सैनिक युक्रेन र बेलारुसलाई घेरेका छन् । यसअघि पनि अमेरिकाले रुसलाई चेतावनी दिएको थियो । फेब्रुअरी १६ मा अमेरिकाले युक्रेनमा रुसी आक्रमणको चेतावनी दिएको थियो । पश्चिमी देशका अधिकारीहरूले अझै पनि यस आक्रमणको बारेमा चेतावनी जारी गरिरहेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com