रुसले युरोपमा युद्ध चाहेको छैन तर नेटोसँग युक्रेन सम्बन्धको विषय पूर्ण समाधान हुनुपर्छ : राष्ट्रपति पुटिन
प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपमा युद्ध नचाहेको बताएका छन् । युक्रेनी सीमामा तैनाथ रुसी सेना आंशिक रुपमा आफ्नो क्याम्पमा फर्किएकै दिन जर्मन चान्सलर ओलफ सोल्जसँगको वार्तापछि पुटिनले आफूले युरोपमा युद्ध नचाहेको प्रष्ट पारेका हुन् ।
तर उनले नेटोसँग युक्रेनको सम्बन्धको विषय भने पूर्ण रुपमा समाधान हुनुपर्ने शर्त पनि दोहोर्याएका छन् । आफूलाई पश्चिमा शक्तिहरुले रुसका छिमेकीहरु निकट भविष्यमा ट्रान्सएटलान्टिक सैन्य अभ्यासमा सहभागी नहुने बचन दिएको उल्लेख गर्दै उनले भने, ‘त्यत्ति मात्रैले ढुक्क हुन सकिंदैन ।’
हामीले युरोपमा युद्ध चाहन्छौं त रु पक्कै चाहँदैनौं भन्दै उनले भने, ‘त्यसो हो भने रुसको चासोको पनि सुनुवाई हुनु पर्दछ ।’ एजेन्सी