‘एमसिसी नेपाललाई अमेरिकी जनताको उपहार, अनुमोदन नेपालको सार्वभौम निर्णय’ (विज्ञप्ती)


प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार

संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ । शनिबार  साँझ काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘एमसिसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै  हो ।’

जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाली नेताहरूले एमसिसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो । एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा र यो केवल नेपालको निर्णय हो ।’

शनिबार अमेरिकी दूतावासले प्रेस विज्ञप्ती जारी गरेर एमसिसीसँगको ५०० मिलियन अमेरिकी डलर अनुदान सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केवल नेपालको सार्वभौम निर्णय रहेको प्रस्ट पारेको हो ।

विज्ञप्तीमा  भनिएको छ, ‘५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबिचको एउटा साझेदारी हो, जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ ।’

यस्तो छ विज्ञप्ती

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com