पुटिनद्वारा युक्रेनमा सैन्य कारबाहीको घोषणा, रुसको कार्य “उत्तेजित र अनुचित” : राष्ट्रपति बाइडेन


प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सैन्य कारबाहीको घोषणाप्रति प्रतिक्रिया व्यक्त गर्दै यसलाई “उत्तेजित र अनुचित” भनेका छन्।

रुसी राष्ट्रपतिको घोषणाको प्रतिक्रिया दिँदै बाइडेनले भने, “पूरा विश्वको प्रार्थना युक्रेनका जनतासँग छ”।आफ्नो सम्बोधनमा उनले रुसी राष्ट्रपतिलाई दोष दिँदै भने, “राष्ट्रपति पुटिनले पूर्व-व्यवस्थित युद्ध छनोट गरेका छन् जसले मानिसहरूलाई मार्नेछ र मानव त्रासदी निम्त्याउँछ।”

“यस युद्धबाट हुने मृत्यु र विनाशको लागि रुस एक्लै जिम्मेवार हुनेछ,” उनले भने। उनले अमेरिका र उसका सहयोगीहरु एकजुट भएर यस हमलालाई निर्णायक रुपमा जवाफ दिने बताए ।

 

उनले यो युद्धको लागि रुसलाई मात्रै जवाफदेही हुने बताए । बाइडेनले भने कि ह्वाइट हाउसले यो सम्पूर्ण मामिलामा नजर राखेको छ। उनले आज जी–७ का सदस्य राष्ट्रहरूसँग बैठक बस्ने र त्यसपछि मात्र रुसका सम्बन्धमा थप कदम चाल्ने जानकारी दिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com