युक्रेनले रुसका पाँच विमान र एउटा हेलिकप्टर खसालेको दाबी, सीमा सुरक्षाकर्मीले भने- आक्रमण भएको छ


प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार

युक्रेनको सेनाले पाँच रुसी विमान र एउटा हेलिकप्टर खसालेको युक्रेनी मन्त्रालयले जनाएको छयुक्रेनको राजधानी किभ र विभिन्न सहरमा बिहीबार बिहानैदेखि विस्फोटहरू भइरहेका छन् ।

 

युक्रेनको मन्त्रालयले लुहान्स्क क्षेत्रमा पाँच रुसी विमान र एउटा रुसी हेलिकप्टर खसालेको जनाएको छ ।  युक्रेनले पनि यसलाई ‘फुल स्केल हमला’ भनेको छ। रुसले युक्रेनी सैन्य स्थानलाई मात्र निशाना बनाएको बताएको छ । रुसी रक्षा मन्त्रालयले पनि मिसाइल आक्रमणको दाबीलाई अस्वीकार गरेको छ ।

रुस र बेलारुसको सीमाबाट युक्रेनमा हमला भएको जानकारी सीमा सुरक्षाकर्मीले दिएका छन् युक्रेनको राजधानी किभ र विभिन्न सहरमा बिहीबार बिहानैदेखि विस्फोटहरू भइरहेका छन् ।

युक्रेनका सीमा सुरक्षाकर्मीले रुस र बेलारुस सीमाबाट उक्त देशमा आक्रमण भएको बताएका छन् । युक्रेनले पनि यसलाई ‘फुल स्केल हमला’ भनेको छ। रुसले युक्रेनी सैन्य स्थानलाई मात्र निशाना बनाएको बताएको छ । रुसी रक्षा मन्त्रालयले पनि मिसाइल आक्रमणको दाबीलाई अस्वीकार गरेको छ । एजेन्सी

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com