युक्रेनमाथि हमला, रुसी अर्बपतिहरूले गुमाए ९० अर्ब डलर : फोर्ब्स


प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार

 

फोर्ब्समा छापिएको एक रिपोर्ट अनुसार युक्रेनमा चलिरहेको हमलाका बीच रुसी अर्बपतिले करिब ९० अर्ब डलर गुमाएका छन् ।

फोर्ब्सको यो रिपोर्टमा इयन मार्टिनले रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका शीर्ष अर्बपतिको बैठक पनि बोलाएको जानकारी दिए ।

जबदेखि रुसका राष्ट्रपति पुटिनले युक्रेनमाथि हमलाको घोषणा गरे, त्यतिबेलादेखि शेयर बजार पनि नराम्रोसँग खस्कियो । यसैकारण पनि मानिसलाई ठूलो हानी भएको छ । यसैबीच अमेरिका, बेलायत र युरोपेली संघले पनि आफ्नो प्रतिबन्धमा रुसका बैंक र अर्बपतिलाई निशाना बनाएका छन् । उनीहरुको सम्पत्ति फ्रिज गरिएको छ र उनीहरुको आवतजावतमा पनि रोक लगाएको छ ।

फोर्ब्सको आँकडाले दिएको जानकारी अनुसार १६ फेब्रुअरीदेखि रुसी अर्बपतिले करिब ९० अर्ब डलर गुमाएका छन् । यीमध्ये करिब ३९ अर्ब डलरको हानी बिहिबार मात्रै भएको छ । ब्लूमबर्गले पनि यहि रिपोर्ट दिएको छ ।

रुसको सेयर बजार ३३ प्रतिशतसम्म खस्कियो जबकी डलरको तुलनामा रुबलको मूल्य रेकर्डस्तरमा तल गयो । फोर्ब्सले बताए अनुसार रुसका जुन अर्बपतिलाई भारी हानी भएको छ त्यसमा एलेक्पेरोफ, मिदेल्सन, मोरदाशोफ, पोतेनिन र केरिमोफको नाम शीर्ष स्थानमा छ ।



    
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com