रुसी आक्रमणमा परि ३ बालबालिकासहित १९८ सर्वसाधारणको मृत्यु,१११५ घाइते भएको युक्रेनको भनाई


प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार

युक्रेन सरकारले रुसको आक्रमणमा हालसम्म १९८ युक्रेनी नागरिक मारिएको जनाएको छ । जसमा तीन बालबालिका रहेका छन् ।

युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लिस्कोले फेसबुक पोस्टमा भने कि आक्रमणमा हालसम्म १११५ जना घाइते भएका छन्। जसमध्ये ३३ बालबालिका रहेका छन् ।

यसअघि युक्रेनको सेनाले आक्रमणमा ३ हजार ५ सय रुसी सैनिक मारिएको र २०० जनालाई बन्दी बनाएको दाबी गरेको थियो ।

सेनाले आफ्नो फेसबुक पेजमा रुसले अहिलेसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्याङ्क गुमाएको जनाएको छ । यो भनाई युक्रेनको मात्र हो तर रुसले अहिलेसम्म त्यस्तो कुनै क्षतिको जानकारी दिएको छैन। एजेन्सी

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com