रुस र युक्रेनबीच बेलारुसको सीमामा शान्तिवार्ता


प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार

युक्रेनमा रुसी सेनाले गरेको आक्रमणको पाँचौं दिन दुवै देशका प्रतिनिधिमण्डलबीच शान्ति वार्ता भइरहेको छ । यो शान्ति वार्ता युक्रेन र बेलारुसको सिमानामा भइरहेको र यसको उद्देश्य युद्ध अन्त्य गर्ने हो ।

बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो ।

यसैबीच, रुसी मध्यस्थ भ्लादिमिर मिडियान्स्कीले रुसले दुवै पक्षको हितमा हुने सम्झौता चाहेको बताएका छन् । वार्ता सुरु हुनुअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई हतियार राख्न छोड् र युक्रेनलाई तुरुन्तै युरोपेली संघमा सामेल हुन आग्रह गरे।यसैबीच, रुसी र युक्रेनी अधिकारीहरूले द्वन्द्वबारे छलफल गरिरहेको शान्ति वार्ताका तस्बिरहरू पनि बाहिर आएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com