अमेरिकाका लागि युक्रेनका राजदूतको दाबी ‘रुसले प्रतिबन्धित बम प्रयोग गर्‍यो’


प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार

अमेरिकाका लागि युक्रेनका राजदूतले अमेरिकी सांसदहरूलाई युद्धको पाँचौँ दिन रुसले युक्रेनविरुद्ध युद्धमा एक प्रतिबन्धित थर्मोबैरिक हतियार प्रयोग गरेको जानकारी दिएका छन् । युक्रेनका राजदूतले भने, ‘रुसले आज भ्याकुम बमको प्रयोग गरेका छन्, यो जेनेभा कन्भेन्सन अन्तरगत प्रतिबन्धित रहेको छ ।’ यद्यपि यो दाबीको पुष्टि भने भएको छैन ।

थर्मोबैरिक हतियारमा परम्परागत गोला बारुद प्रयोग हुँदैन । यसमा उच्च दबाब वाला विस्फोटक भरिएको हुन्छ । यसले शक्तिशाली विस्फोट गर्नका लागि आसपासको वातावरणको अक्सिजन सोस्ने गर्ने गर्छ । ह्यूमन राइट्स वाचका अनुसार रुसी गणराज्य चेचन्यामा पहिले पनि यसको प्रयोग गरिसकिएको छ ।

यसअघि शनिबार सीएनएनले रुसको शहर बेलगोरोड नजिक थर्मोबैरिक रकेट लञ्चर देखिएको दाबी गरेको थियो । यसबीच युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्सीले टेलिभिजनमा आफ्नो एक सम्बोधनमा पाँच दिन रुसले युक्रेनमाथि ५६ रकेट र ११३ क्रूज मिसाइल प्रहार गरिसकेको दाबी गरेका थिए ।-BBC

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com