तेस्रो विश्व युद्ध आणविक र विनाशकारी हुनेछ : रुसी विदेशमन्त्री


प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार

 

रुस–युक्रेनमा जारी युद्धका बीच रुसी विदेशमन्त्री लाभरोभले डरलाग्दो  बयान दिएका छन् । उनले तेस्रो विश्वयुद्ध आणविक र विनाशकारी हुने बताए । रुस र युक्रेनबीच जारी युद्धको आज सातौं दिन हो, जसमा आज रुसी सेनाले खार्किवलाई निशाना बनाएको छ ।

सेनाको निशाना खार्किभमा रहेको प्रहरी मुख्यालय पनि बनेको छ । रुस युक्रेनसँगको दोस्रो चरणको वार्ताका लागि तयार रहेको तर युक्रेनले अमेरिकाको इशारा पछ्याइरहेको आरोप लगाएका छन् ।

हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना आणविक सेनालाई विशेष सतर्कता अपनाउन आदेश दिएका छन् । अमेरिकालगायत धेरै देशले यसको आलोचना गरेका छन् । तर युक्रेनमा सैन्य कारबाही सुरु गर्दा पुटिनले युक्रेनको मामिलामा कुनै विदेशीले हस्तक्षेप गरे त्यसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । एजेन्सी

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com