अमेरिकाबाट स्वदेश ल्याइयो हराएका पुरातात्विक सम्पदा


प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार

–नारायण ढुङ्गाना

नेपालको चौधौँदेखि १७ औँ सताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ । चोरी गरी अमेरिका पु-याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ । अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहका बीच आज पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थिति थियो ।

अमेरिकाको एक सङ्गहालय र एक ग्यालरीमा राखिएका उक्त ९तीन थान० सम्पदा कूटनीतिक पहल गरी स्वदेश ल्याइएको छ । यसरी ल्याइएकामा काठको कलात्मक तोरण, उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ ।

फिर्ता गरिएका पुरातात्विक महत्वका तीन वस्तुमध्ये ‘रुविन म्युजियम अफ आर्ट’ अमेरिकाबाट प्राप्त भएका दुई वटा छन् । जसमध्ये एउटा सत्रौँ सताब्दीको कलात्मक काष्टतोरण रहेको छ, जुन ललितपुरको यम्पीमहाविहार ९इवही० को प्रवेशद्वारमाथि रहकोमा मर्मत गर्ने क्रममा झिकिएको थियो । सन् १९८५ पछि कुनै वर्ष उक्त वस्तु चोरी भएको थियो ।

अर्को १४औँ शताब्दीतिरको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काठको कलात्मक वस्तु रहेको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिका–२४ को इटुम्बहाल परिसरमा रहेको शाक्यको कूलपूजा गर्ने देवाली घरको अगाडि पहिलो तलामा रहेको दायाँतर्फको झ्यालमा रहेको थियो ।

सन् १९९७ मा उक्त सम्पदा हराएको थियो । यसरी हराएको सम्पदा विभिन्न माध्यम हुँदै अन्त्यमा दातामार्फत उपहारको रुपमा अमेरिकाको उक्त सङ्ग्रहालयमा पुगेको पाइएको छ । उक्त वस्तु फिर्ताका लागि म्युजिएमले आफ्नै प्रयासमा अध्ययन गरी स्वेच्छिकरूपमा दिने आशय प्रकट गरेपछि कूटनीतिक पलहमा ल्याइएको हो । सम्पदा लिएर उक्त म्युजिएमका कार्यकारी निर्देशक जारिट वित्स्ची र उक्त सङ्ग्रहालयका प्रबन्ध निर्देशक मिचेल वेनेट सिमोरेल्ला आउनुभएको थियो । सङ्ग्रहालयले आफ्नै खर्चमा सम्पदा ल्याएको जानकारी गराइएको छ ।

त्यस्तै अर्को एउटा भने अमेरिकाको न्युयोर्कस्थित तिबेत हाउस ग्यालरीबाट ल्याइएको हो । १३औँ सताब्दीको मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ । उक्त मूर्ति श्री सभानन्दा नामका बौद्ध अनुयायीले उक्त स्थानमा संरक्षण गरी राख्नु भनी उपहारस्वरूप छाडेर गएका पाइएको छ । उक्त मूर्ति काठमाडौँको ओमबहालस्थित न्हुछेबहाको रहेको छपाइएको छ । त्यहाँबाट कसैले चारी गरी लगेको थियो । उक्त मूर्तिको मूल्य ३० हजार डलर ( ३० लाख बढी) रहेको छ ।

१७औँ सताब्दीको काठको कलात्मक तोरणको मूल्य एक लाख १० हजार अमेरिकी डलर ९रु एक करोड १० लाख बढी० र १४औँ सताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला २२ हजार डलर ( २२ लाख बढी) मूल्यको रहेको पुरातत्व विभागले जनाएको छ ।

विभागद्वारा आज यहाँ आयोजित सम्पदा हस्तान्तरणका क्रममा मन्त्री आलेले सांस्कृतिक धरोहर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आफ्नै खर्चमा नेपाल ल्याएर हस्तान्तरण गरेकोमा सङ्ग्रहालयका प्रतिनिधिलाई धन्यवाद दिनुभयो । सचिव न्यौपानेले यस्ता पुरातात्विक तथा ऐतिहासिक सम्पदा विदेशमा अझै रहेकाले त्यसलाई पनि कूटनीतिक पहल गरी ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

कला सम्पदाले भरिपूर्ण नेपाल सांस्कृतिक पुरातात्विक महत्वका हिसाबले विश्वमै विशिष्ट पहिचान बोकेको मुलुक हो । पहिचानको धरोहरका रूपमा रहेको नेपालका यस्ता सांस्कृतिक सम्पदा नाश हुने क्रम जारी छ । चोरी तस्करी सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ ।

केही अघिमात्रै ललितपुरको बालकुमारीको मूर्ति चोरी भएकोमा प्रहरकिो कडा निगरानीका कारण विदेशी निकासी गर्न नसकेपछि तस्करीले छाडेका अवस्थामा भेटिएको थियो । विगतका वर्षहरूमा भने यति धेरै सुरक्षा निगरानी नहुँदा मूर्ति चोरिएका कुरा स्पष्ट छ ।

सांस्कृतिक सम्पदाको विशिष्ट गुण, कौतुहल र सौन्दर्भबाट प्रभावित भएर यस्ता सम्पदाको सङ्कलन गर्ने कार्य विगतदेखि नै हुँदै आएको थियो । व्यक्तिले सोखका रूपमा सांस्कृतिक वस्तु बढी रकम तिरेरै राख्ने गर्दछन् । त्यसैले पनि यस्ता वस्तु सुरुआतीकालदेखि नै चोरी तस्करी र अवैध निकासी हुँदै आएको पाइएको छ ।

सन् १९५० पूर्व नेपालबाट कति यस्ता वस्तु बाहिरिए त्यसको अभिलेख छैन तर विश्वका विभिन्न प्रख्यात सङ्ग्रहालयमा यस्ता कलात्मक वस्तु रहेको पाइएको छ । हजारौँ सङ्ख्याका वस्तु बाहिरिएको सरकारी अधिकारीसमेत पुष्टि गर्छन् । पर्यटनको विकासका लागि १९७० देखि ९० को दशकमा बढी यस्ता वस्तु निकासी भएको अनुमान छ ।

हालसम्म बेलायतबाट १९, अष्ट्रियाबाट एक, अमेरिकाबाट १४, तिब्बतबाट १८, कोलकाताबाट १३, जमैनीबाट एक थान गरी ७६ थान मूर्ति तथा कलात्मक वस्तु फिर्ता ल्याइसकिएको छ । अमेरिका फ्रान्स, बेलायत, अष्ट्रेलियाजस्ता देशबाट अन्य केही वस्तुको फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com