अमेरिकाले रुसका १९ अर्बपतिमाथि लगायो नयाँ प्रतिबन्ध


प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार

अमेरिकाले रुसी अर्बपतिमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकाको ८ वटा प्रमुख वित्तीय संस्थाहरूबाट अलग गरिनेछ र तिनीहरूको सम्पत्ति जफत गरिनेछ। जसमा अर्बपति व्यापारी अलिशेर उस्मानोभ पनि पर्छन् । रुसी प्रेस सेक्रेटरी दिमित्री पेस्कोभ र तेल व्यापारी निकोलाई टोकरेभमाथि पनि यी प्रतिबन्धहरू लगाइएको छ।

यस बाहेक १९ अर्बपति र उनीहरुका परिवारका ४७ जनालाई पनि यात्रामा प्रतिबन्ध लगाइनेछ । अमेरिकाले यस बाहेक सात रुसी कम्पनी र उनीहरुसँग सम्बद्ध २६ जनालाई पनि प्रतिबन्ध लगाइएको जनाएको छ ।

तिनीहरूले ‘रूसको उद्देश्यलाई औचित्य साबित गर्दै र झूट फैलाएर रुसको रणनीतिक स्वार्थलाई बढावा दिइरहेका छन्।’ राष्ट्रपति जो बाइडेनले भनेका थिए ‘ रुसमाथि लगाइएको प्रतिबन्धले गहिरो प्रभाव पारेको छ।’  उनले अब पश्चिमा राष्ट्रहरु एकजुट भएर पुटिनमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाउन लागेको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com