रुसले युक्रेनमा क्लस्टर बम प्रयोग गरिरहेको छ: नेटो


प्रकाशित मिति : फाल्गुन २०, २०७८ शुक्रबार

नेटोका महासचिव जेम्स स्टोल्टनबर्गले रुसले आक्रमणमा क्लस्टर बम प्रयोग गरिरहेको प्रमाण भेटिएको बताएका छन् ।

महासचिवले पत्रकार सम्मेलनमा भने, ‘हामीले क्लस्टर बमको प्रयोग देखेका छौं र अन्तर्राष्ट्रिय कानुन विपरीत हुने अन्य प्रकारका हतियारको प्रयोगको रिपोर्ट पनि पाएकाछौं ।

उनले यो पनि भने पश्चिमी सैन्य गठबन्धनले युक्रेनलाई न त उडान क्षेत्र बनाउनेछ न त त्यहाँ आफ्ना सेना पठाउने छ। यद्यपि, उनले किभलाई अन्य सहयोगको आश्वासन दिए र भ्लादिमिर पुटिनलाई तत्काल आक्रमण रोक्न आग्रह गरे।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com