सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूतबीच भेट,एमसिसी कार्यान्वयनबारे कुराकानी


प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा  दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनको विषयमा छलफल भएको हो।

भेटमा सञ्चारमन्त्री कार्कीले अमेरिकी सहयोग निकाय मिलेनिम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको सहयोगप्रति आभार व्यक्त गर्नु भएको थियो । राजदूत बेरीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‍बाट पारित भएकाले कार्यान्वयनको बारेमा जिज्ञासा राख्नु भएको थियो ।

भेटमा मन्त्री कार्कीले अमेरिकाले नेपालको आर्थिक विकास तथा पूर्वाधार निर्माणमा विगतदेखि गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गर्नुभएको थियो ।

सो अवसरमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच मैत्रीसम्बन्ध कायम भएदेखि नै दुई देशबीच सुमधुर सम्बन्ध रहदै आएको उल्लेख गर्दै अमेरिकाले नेपाललाई प्राथमिकताका साथ विविध क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com