रूसले बम हानेर प्रसूति अस्पताल ध्वस्त पार्‍यो : युक्रेन (भिडियो)


प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार

रुसले युक्रेनमा युद्धको बारेमा बारम्बार दाबी गर्दै आएको छ कि उसले आवासीय क्षेत्रमा आक्रमण नगर्ने, तर अहिले त्यस्तो भएको देखिँदैन। युक्रेनी अधिकारीहरूले रुसी आक्रमणले दक्षिणपूर्वी बन्दरगाह सहर मारिउपोलमा रहेको बालबालिकाको अस्पताल र प्रसूति अस्पताललाई निशाना बनाएको बताए। बुधबार नगर परिषद्को सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनिएको छ ‘ अस्पतालमा ठूलो क्षति भएको छ ।’

रिपोर्टका अनुसार यस हमलामा १७ जना घाइते भएका छन् भने कैयौं मानिस र बालबालिका भग्नावशेषमा भवनमा फसेका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणको भिडियो ट्वीट गर्दै  भनेका छन् ‘मानिसहरू, बालबालिकाहरू भग्नावशेष मुनि दबिएका छन्।’

जेनेन्स्कीले  अस्पतालमा रूसी सेनाले गरेको हवाई आक्रमणको भत्र्सना गर्दै -रूसी सेनाले प्रसूति अस्पतालमा सीधै बमबारी गरेको छ । यो अत्याचार र आतंकलाई विश्वले कहिलेसम्म सहेर बस्नेछ ? युक्रेनको आकाशलाई नो फ्लाइ जोन घोषणा नगरेकोप्रति कडा आक्रोश पनि पोखेका छन् । तत्कालै आकाश बन्द गरी हत्या रोक्न भन्दै उनले नेटोसँग शक्ति भएको, तर मानवता गुमेको हेरिरहेको आरोप लगाएको छन् । जेलेन्स्कीको कार्यालयका उपप्रमुख किरिलो ताइमोशेन्कोले अधिकारीहरूले मारिएका वा घाइतेहरूको सङ्ख्या पत्ता लगाउन प्रयास गरिरहेको बताए।

युक्रेनी राष्ट्रपतिले फेरि युक्रेन र त्यहाँका जनताले अन्तिमसम्म लड्ने बताएका छन् । कुनै पनि परिस्थितिमा, रूसी सेनाले युक्रेन छोड्नु पर्छ। रुसले पनि वार्ताबाट समस्या समाधान गर्ने प्रस्ताव राखेको थियो तर मान्न तयार छैन । अर्कोतर्फ रुसले पनि आफ्नो आक्रमणलाई निरन्तरता दिइरहेको छ । नेटोमा सामेल नहुने जेलेन्स्कीको बयानपछि, यो युद्ध छिट्टै रोकिने अपेक्षा गरिएको छ। एजेन्सीको सहयोगमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com