बाल अस्पतालमा रुसले गरेको बम आक्रमणबाट तीन जनाको मृत्यु,राष्ट्रसङ्घद्वारा निन्दा


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

 

दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित  तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।

‘युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एक बालिका सहित तीन जनाको मृत्यु भएको’नगर परिषद्ले उल्लेख गरेको छ। उक्त हवाई आक्रमणमा परि १७ जना घाइते भएको बताईएको छ ।

‘अब रक्तपात अन्त्य गर’ 
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले युक्रेनको मारिओपोलस्थित एक बालक तथा प्रसूति अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई ‘भयानक’को सङ्ज्ञा दिनुभएको छ । युद्धविराम गरिएको बेला रुसले उक्त अस्पतालमा बम आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com