पुटिनको आरोप खण्डन गर्दै जेलेन्स्कीले भने ‘कुन रासायनिक आक्रमण गर्न चाहन्छौं’


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले लगाएको रासायनिक तथा जैविक हतियार निर्माण गरिरहेको भन्ने आरोपको खण्डन गरेका छन् ।

भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार उक्त आरोप खण्डन गरेका हुन् । अमेरिकाको सहयोगमा युक्रेनले रासायनिक तथा जैविक हतियार बनाइरहेको रुसले आरोप लगाएको थियो ।

‘यसले मलाई चिन्तित बनाएको छ । किनकी निरन्तरको घटनाबाट हामी विश्वस्त भएका छौं कि रुसको योजना बुझ्न उसले अरुलाई के आरोप लगाउँछ भन्ने हेर्नु जरुरी छ’, जेलेन्स्कीले भने, ‘रासायनिक आक्रमणको तयारीको आरोप के हो ?’

‘अब हामीमाथि कुन रासायनिक हतियारको प्रयोग गर्ने तयारी भइरहेको छ ? ’ ‘मेरो भूमिमा कुनै पनि रासायनिक वा ठूला क्षति पुर्‍याउने हतियार निर्माण भएको छैन’, जेलेन्स्कीले स्पष्ट पारे ।

बिहीबार युक्रेनका ४० हजार मानिसको उद्धार गरिएको उनले बताए । पछिल्लो दुई दिनमा एक लाखसम्म मानिसहरुको उद्धार भएको जेलेन्स्कीको भनाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com