रुसले युद्धमा आतंकवादी उपाय अपनाइरहेको छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की


प्रकाशित मिति : फाल्गुन २७, २०७८ शुक्रबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युद्धकामा आतंकवादी उपाय अपनाएको आरोप लगाएका छन् । राजधानी किभबाट  मानिसहरुलाई सम्बोधन गर्दै भने, ‘रुसी आक्रमणकारीहरूको कार्य आतंकवादी (इस्लामिक स्टेट)जस्तै छ।’

जेलेन्स्कीले रुसले मेलिटोपोलका मेयरलाई कैद गरेको आरोप लगाएका छन् । उनले युद्धग्रस्त क्षेत्र छाड्नेको संख्या शुक्रबार निकै घटेको बताए । ‘यति सबै हुँदाहुँदै पनि ७ हजार १४४ जनाको उद्धार गरिएको छ,’ उनले भने ।

जेलेन्स्कीले फेरि युक्रेनका जनतालाई रुसको विरुद्ध दृढताका साथ खडा हुन अपिल गरेका छन् । उनले रुसका आमाहरूलाई पनि अपील गर्दै आफ्ना छोराछोरीलाई युद्धमा नपठाउन आग्रह गरे।

उनले भने, ‘आफ्ना छोराछोरीलाई अर्को देशमा युद्धमा नपठाउनुहोस्। आफ्नो छोरो कहाँ छ, हेर्नुहोस्। यदि तपाइँको छोरालाई युक्रेनमा युद्धमा पठाइन्छ भन्ने अलिकति पनि शंका छ भने तुरुन्तै आवाज उठाउनुहोस्।’

आफ्नो सम्बोधनको अन्त्यमा उनले युक्रेनलाई चीनमा भएको पाराओलम्पिक शीतकालीन खेलमा पदक जित्न दोस्रो भएकोमा बधाई दिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com