युक्रेनको राजधानी कीभदेखि रुसी सेना जम्मा २५ किलोमिटर टाढा छ : बेलायत


प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार

पछिल्लो गुप्तचरको सूचनाको आधारमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कीभको सहरी केन्द्रबाट रुसी सेनाको टुकडी मात्र २५ किलोमिटर टाढा रहेको बताएको छ ।

मन्त्रालयले राजधानीको उत्तरपट्टि रहेको रूसी सेनाको ठूलो समूहलाई विभिन्न टुकडीहरूमा विभाजन गरिएको बताएको छ । यसले शहरलाई घेर्न मद्दत गर्ने उद्देश्यले गरिएको हुनसक्ने बेलायतको भनाइ छ ।

‘रूसी सेनाले युक्रेनको प्रति आक्रमणमा कम क्षति भोग्नका लागि पनि यो रणनीति हुनसक्छ किनभने यसले युक्रेनी सेनाको आक्रमणबाट धेरै क्षति भोगिसकेको छ’ मन्त्रालयको भनाइ छ । यसबाहेक देशको चार्नीहेव, खर्कीभ, मारियुपल र सुमीलाई रुसी सेनाले घेरा हालेको छ र यी शहरहरुमा लगातार आक्रमण भइरहेको छ ।

यता युक्रेनले आगामी घण्टामा बेलारुस पनि रुसी आक्रमणमा सामेल हुन सक्ने बताएको छ । रुसले युक्रेनका थप केही सहरमा आक्रमण गरेर आफ्नो पकड बढाएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com