रुस-युक्रेन युद्ध : रासायनिक हतियार के हो ? के रूसले प्रयोग गर्न सक्छ ?


प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार

-फ्रैंक गार्डनर/

युक्रेनमा रासायनिक हथियार विकसित  गरेको आरोप लगाउँदै रुसले छलफलका लागि  शुक्रबार संयुक्त राष्ट्र सुरक्षा  परिषद् बैठक  बोलायो  । युक्रेनले रुसको दावीलाई खण्डन गर्दै ,यो रुसले गरेको झूटो फण्डाको एक हिस्सा भएको बताएको छ। योसँगै अमेरिकाले रुसको यो दाबीलाई युक्रेनका सहरहरूमा हुन सक्ने सम्भावित रासायनिक हमलाको औचित्य पुष्टि गर्ने बहाना भएको बताएको छ ।

युक्रेन सरकारका अनुसार देशमा यस्ता ल्याबहरू छन् जहाँ वैज्ञानिकहरूले कोभिड-१९ जस्ता रोगहरूबाट मानिसहरूलाई बचाउन वैध रूपमा काम गरेका छन्। तर युक्रेनमा युद्ध भैरहेको बेला विश्व स्वास्थ्य संगठनले युक्रेनलाई आफ्नो प्रयोगशालामा रहेको कुनै पनि खतरनाक पेथोजेनलाई नष्ट गर्न भनेको छ। तर यहाँ प्रश्न उठ्छ ,रासायनिक हतियारहरू के हुन् र तिनीहरू जैविक हतियारहरूभन्दा कति फरक हुन्छन् ।

रासायनिक हतियार के हो ?

रासायनिक हतियार  धेरै प्रकारका छन्। केही रासायनिक हतियारहरू यस्ता हुन्छन् जसमा फसजिन जस्ता रासायनिक ग्यासहरू हुन्छन् ,यसले मानिसको फोक्सो र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ जसका कारण मानिसहरुलाई सास फेर्न गाह्रो हुन्छ र ज्यान  सक्छ ।

मस्टर्ड ग्यास जस्ता केही रासायनिक हतियारहरूले मानिसको छाला जलाएर अन्धो बनाइदिन्छ। सबैभन्दा खतरनाक रासायनिक हतियारहरू स्नायु एजेन्टहरू हुन् जसले पीडितको दिमाग र उसको शरीर बीचको सम्बन्धलाई आक्रमण गर्दछ।

यी रासायनिक हतियारहरूको थोरै मात्रा पनि मानिसका लागि घातक साबित हुन सक्छ। ०.५ मिलीग्रामभन्दा कम नर्भ एजेन्ट VX वयस्कलाई मार्न पर्याप्त हुन्छ। युद्धको समयमा, यी सबै तथाकथित रासायनिक एजेट्सहरु आर्टिलरी शेल, बम र मिसाइलहरू मार्फत प्रयोग गर्न सकिन्छ। तर रासायनिक हतियार महासन्धि १९९७ अन्तर्गत यसको प्रयोग निषेध गरिएको छ। रुस लगायत विश्वका धेरै देशले यो महासन्धिमा हस्ताक्षर गरेका छन् ।

विश्भर यी रासायनिक हतियारको अवैध प्रयोग ट्र्याक गर्न र तिनीहरूको फैलनबाट रोक्ने काम गर्ने संस्था, नेदरल्याण्डको हेगमा अवस्थित छ।यी हतियारहरू प्रथम विश्वयुद्धमा, अस्सीको दशकमा इरान -इराक युद्ध र हालै सिरियाली सरकारले विद्रोहीहरू विरुद्ध प्रयोग गरेको थियो। रुसले सन् २०१७ मा आफ्ना बाँकी रहेका रासायनिक हतियारहरू नष्ट गरेको बताएको छ । तर त्यसयता दुईवटा यस्ता रासायनिक हमला भएका छन्, जसको आरोप रुसमाथि लगाइएको छ।

यी मध्ये पहिलो सन् २०१८ मा भएको थियो जब केजीबीका पूर्व अधिकारी सर्गेई स्क्रिपल र उनकी छोरीलाई नर्भ एजेन्ट नोविचोकले आक्रमण गरेको थियो। रुसले आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेको छ ।

योसँगै रुसले यो हमला कसले गर्न सक्छ भनेर २० विभिन्न तरिका बताएको छ । तर अन्वेषकहरू  यो  निष्कर्षमा पुगे कि, रूसको GRU मिलिटरी इन्टेलिजेन्सका दुई अधिकारीहरूको काम थियो, र परिणाम स्वरूप, यसले धेरै देशहरूबाट १२८ रूसी जासूस र कूटनीतिज्ञहरूलाई हटायो। यसपछि सन् २०२० मा रुसका प्रमुख विपक्षी नेता एलेक्सी नाभल्नीलाई पनि नोविचोक नर्भ एजेन्टले आक्रमण गरेको थियो, तर उनी मृत्युको मुखबाट फर्कन सफल भए बचाएको थियो ।

यस्तो अवस्थामा रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्छ ? यस युद्धमा रुसले विषाक्त ग्यासजस्ता हतियार प्रयोग गरेमा त्यसलाई लक्ष्मणरेखा नाघेको मानिने र त्यसविरुद्ध कारबाही गर्न पश्चिमा राष्ट्रलाई माग गरिनेछ ।

रुसले आफ्नो सहयोगी सिरियामा विद्रोहीलाई परास्त गर्न मद्दत गर्दा यी हतियारहरू प्रयोग गरेको कुनै प्रमाण छैन। तर रुसले सिरियाको बशर अल-असद सरकारलाई ठूलो सैन्य सहयोग प्रदान गर्‍यो, जसले कथित रूपमा आफ्नै नागरिकहरूमा दर्जनौं रासायनिक हमलाहरू गर्‍यो।

र यो एउटा तथ्य हो कि यदि तपाईं लामो समय युद्धमा संलग्न हुनुहुन्छ जहाँ आक्रमणकारीले अर्को पक्षलाई निराश बनाउन चाहन्छ । रासायनिक हतियारहरू धेरै प्रभावकारी हुन्छन्, सिरियाले अलेप्पोमा यस्तै गरेको छ ।

जैविक हतियार के हो ?

जब जैविक हतियारहरूको कुरा आउँछ, तिनीहरू रासायनिक हतियारहरू भन्दा धेरै फरक छन्। जैविक हतियार भन्नाले इबोला जस्ता खतरनाक रोग वा भाइरसलाई हतियारको रूपमा प्रयोग गर्नुलाई जनाउँछ। यहाँ  खतरनाक रोगहरूबाट साधारण मानिसहरूलाई जोगाउने र तिनीहरूलाई हतियारको रूपमा तयार पार्ने काममा धेरै सूक्ष्म भिन्नता छ। रुसले अहिलेसम्म युक्रेनी सरकारलाई आरोप लगाएको छ, तर यी आरोपहरूको प्रमाण पेस गरेको छैन। तर उनले शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक भने बोलाए।

सोभियत युगको दौरान, रूसले एक व्यापक जैविक हतियार कार्यक्रम चलाएको थियो, जुन बायोप्रेपरेट नामक एजेन्सीद्वारा सञ्चालित थियो। यो एजेन्सीमा ७० हजारले काम गर्थे । शीतयुद्ध समाप्त भएपछि, वैज्ञानिकहरू यो कार्यक्रम समाप्त गर्न आइपुगे, तब उनीहरूलाई थाहा भयो कि सोभियत संघले ठूलो मात्रामा एन्थ्र्याक्स, स्मरपक्स र अन्य रोगहरू तयार पारेको थियो। यी रोगहरू दक्षिणी रूसको एक टापुमा जीवित बाँदरहरूमा पनि परीक्षण गरिएको थियो।

यति मात्र होइन, यो एजेन्सीले पश्चिमी सहरहरूलाई लक्षित गरी लामो दूरीको अन्तर(महादेशीय क्षेप्यास्त्रका वारहेडहरूमा एन्थ्र्याक्सको स्पोरहरू लोड गर्यो।

गैर-परम्परागत हतियारको सूचीमा एउटा फोहोर बम पनि छ, जुन सामान्य बम हो तर यसको वरिपरि रेडियोधर्मी तत्वहरू छन्। यसलाई आरडीडी अर्थात् रेडियोलोजिकल डिस्पर्सल डिभाइस भनिन्छ। यो एक पारंपरिक बम हुन सक्छ जसमा रेडियोएक्टिभ आइसोटोपहरू जस्तै केसियम ६० र स्ट्रन्टियम ९० हुन सक्छ।

सुरुमा यो बमले , सामान्य बमले जत्तिकै ज्यान लिनेछ। तर यो बमले लन्डनको उपनगर जत्तिकै ठूलो ठाउँलाई हप्ताभर बस्न लाएक छोड्ने छैन, जबसम्म क्षेत्र पुनः संक्रमण मुक्त हुँदैन। डर्टी बमहरू मनोवैज्ञानिक हतियारहरू हुन् जुन आतंक सिर्जना गर्न र समुदायलाई निराश पार्न डिजाइन गरिएको हो। अहिलेसम्म यो बम युद्धमा धेरै प्रयोग भएको देखिएको छैन। यसको आंशिक कारण यो हो कि यो खतरनाक छ, यसलाई सम्हाल्न गाह्रो छ र बम बनाउनेहरूलाई नोक्सान हुने खतरा छ।-बिबिसि



    
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com