रुस-युक्रेन युद्ध : कीभ नजिकै अमेरिकी पत्रकारको गोली हानी हत्या
प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार
अमेरिकी पत्रकार ब्रेन्ट रेनोडको कीभ बाहिर इरपिनमा गोली हानी हत्या गरिएको छ । उनको हत्या भएको कीभ प्रहरीले जानकारी दिएको छ। किभका प्रहरी प्रमुख आन्द्रेई नेबिटोभले ब्रेन्ट रेनोडलाई रुसी सेनाले निशाना बनाएको बताएका छन् ।
घटनामा अन्य दुई पत्रकार पनि घाइते भएका छन् र उनीहरुलाई अस्पताल लगिएको छ । युक्रेन युद्ध कभर गर्ने विदेशी पत्रकारको मृत्यु भएको यो पहिलो घटना हो।
न्युयोर्क टाइम्सले मारिएका पत्रकार रेनोडप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पत्रिकाले रेनोडको मृत्युको खबर दुखद भएको तर उनले युक्रेनमा न्युयोर्क टाइम्सका लागि काम नगरेको बताएको छ।
Response from a New York Times spokesperson in regard to the death of Brent Renaud in Ukraine. pic.twitter.com/K11eW685yr
— NYTimes Communications (@NYTimesPR) March 13, 2022
उनले अन्तिम पटक न्युयोर्क टाइम्समा २०१५ मा काम गरेका थिए र उनले युक्रेनमा लगाएको प्रेस आईडी एक वर्ष अघि नै जारी गरिएको थियो।
घाइते अर्का अमेरिकी पत्रकार जुआन एर्डोन्डोलाई अस्पताल लगिएको थियो । ट्वीटरमा पोस्ट गरिएको भिडियोमा उनले इटालियन संवाददातालाई आक्रमणको समयमा उनी ब्रेन्ट रिनोडसँग भएको बताएका छन् ।
‘हामी इरपिनको पहिलो पुलहरू मध्ये एउटाको यस छेउमा थियौं र शरणको खोजीमा दौडिरहेका मानिसहरूको भिडियो गर्न जाँदै थियौं र कसैले हामीलाई अर्को पुलमा पुग्न मद्दत गर्न अनुरो गरे र हामीले चेक पोइन्ट पार गर्यौं,’ उनले भने। हामीमाथि गोली चलाउन थाल्यो । उनीहरूले हामीमाथि गोली हान्न थाले , हामी दुबै थियौं । मेरो साथी ब्रेन्ट रिनोड, उनलाई गोली लाग्यो र पछाडि छोडियो।
उनले रिनोदलाई के भयो थाहा नभएको बताए । उनले भने, ‘मैले उनको घाँटीमा गोली लागेको देखे र हामी अलग भयौं।’उनलाई एम्बुलेन्सबाट अस्पताल ल्याइएको थियो, एरेडोन्डोले भने।