रूसको बम हमलामा परि युक्रेनकी चर्चित अभिनेत्रीको मृत्यु


प्रकाशित मिति : चैत्र ४, २०७८ शुक्रबार

कीभको एक आवासीय भवनमा रुसले गरेको बम हमलामा परि युक्रेनकी चर्चित अभिनेत्री ओक्साना श्वेट्सको मृत्यु भएको छ । यंग थिएटरले उनको मृत्यु भएको जानकारी दिएको हो ।

उनी ६७ वर्षकी थिइन् । युक्रेनको राजधानीबाट प्रकाशित अङ्ग्रेजी भाषाको दैनिक कीभ पोष्टकोमा यो खबर छापिएको छ । कीभ पोष्टका अनुसार श्वेट्सले दशकौंदेखि थिएटर र फिल्ममा काम गरेकाले उनलाई युक्रेनमा ‘सर्वोच्च सम्मान’ प्राप्त भएको थियो ।

यो सम्मान देशका उत्कृष्ट कलाकार मध्ये एकलाई मात्र दिइन्छ । अभिनेत्रीको निधनमा  यंग थिएटरले दुःख व्यक्त गरेको छ ।
उनको जन्म १०फेब्रुअरी १९५५ मा भएको थियो।

उनले इभान फ्रान्को थिएटर र कीभ स्टेट इन्स्टिच्युट अफ थिएटर आर्ट्सको थिएटर स्टुडियोबाट स्नातक गरेकी थिइन । यंग थिएटरसँगको आफ्नो समयको अतिरिक्त, श्वेट्सले टेर्नोपिल संगीत र नाटक थिएटर र कीभ थिएटरमा काम गरेकी थिइन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com