युक्रेन-रुस युद्ध : अमेरिकी गुप्तचर विभागको पछिल्लो मूल्याङ्कन के छ ?


प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार

अमेरिकाका एक वरिष्ठ  रक्षा अधिकारीले पोल्याण्डको राजधानी वार्सामा युक्रेन-रुस संकटको बारेमा जानकारी दिँदै भने ‘युक्रेनी सेनाले खेरसनलाई पुनः कब्जा गर्न सक्ने  छन्। आक्रमणको पहिलो दिनमा रुसी सेनाले खेरसनलाई कब्जामा लिएको थियो। अहिले अमेरिकी राष्ट्रपति जो बाइडेन पनि वार्सामा छन् ।

अमेरिकी मूल्याङ्कनका  केही महत्त्वपूर्ण बुँदाहरू :

-रुसले आक्रमणको ३० दिनमा १,२५० क्षेप्यास्त्र प्रहार गरेको छ।

-रुसले हालैका हप्ताहरूमा आफ्नो हवाई भाडा बढाएको छ, अहिले प्रति दिन औसत३०० उडानहरू छन्।

-अमेरिकी अधिकारीहरूले युक्रेनको दावीको पुष्टि गरेका छन् ,युक्रेनले बायर्ड्यान्स्कमा रूसी ट्याङ्कहरू बोकेको जहाज ध्वस्त पारेको छ।

-कीभ नजिकैको मकारेभ सहरमा दुई पक्षबीच कब्जाको लडाइ चलिरहेको छ।

-खार्किभमा भएको आक्रमणमा रुसी सेनाले खास उपलब्धी   पाइरहेको छैन।

-रुसी सेनाहरू खेरसन नजिकैको मिकोलाइभ शहरबाट १५ किलोमिटर टाढा तैनाथ छन्। र यी सैनिकहरूले शहरमा युक्रेनको आपूर्ति रोक्न खोजिरहेका छन्।

-रुसी सेनाले इज्म नजिकै युक्रेनी रक्षा क्षेत्र तोड्न सफल भएका छन्। –बिबिसिबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com