कब्जामा लिएको चेर्नोबिल आणविक प्लान्ट रुसी सेनाले युक्रेनलाई सुम्पियो


प्रकाशित मिति : चैत्र १८, २०७८ शुक्रबार

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले भनेको छ, रुसी सेनाले कब्जामा लिएको चेर्नोबिल आणविक प्लान्ट छोडेको छ।
IAEA ले रुसी सेनाले ‘चेर्नोबिल आणविक प्लान्टको नियन्त्रण युक्रेनी कर्मचारीहरूलाई सुम्पेको ‘बताएको छ।

 

प्लान्टका कर्मचारीले त्यहाँ बाहिरी व्यक्ति नभएको बताए । तर, आइएईएले यसअघि पुष्टि गर्न नसकिने बताएको थियो। रुसी सेनाले युद्धको सुरुमा चेर्नोबिल आणविक प्लान्टको नियन्त्रण लिएको थियो। तर, प्लान्ट सञ्चालन गर्न युक्रेनी कर्मचारीलाई त्यहाँ राखिएको थियो ।

 

चेर्नोबिल त्यो ठाउँ हो जहाँ सन् १९८६ मा भयानक आणविक त्रासदी भएको थियो। यहाँ अब कुनै आणविक रिएक्टर छैन तर यसलाई व्यवस्थित गर्न आवश्यक छ।-एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com