चीन: सांघाईमा कोरोना भाइरस बढ्यो, बिरामीले भरियो अस्पताल
प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार
चीनको सांघाईमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ र सहरका प्रमुख अस्पताल बिरामीले भरिएका छन् ।
सांघाईले कोरोना भाइरसको नयाँ लहर आएदेखि अहिलेसम्म संक्रमणबाट कसैको पनि मृत्यु भएको घोषणा गरेको छैन।
यद्यपि, मानिसहरुले बीबीसीसँग कुरा गर्दै भनेका छन्,सहरको पूर्वी भागको अवस्था निकै नाजुक रहेको र यहाँ धेरै वृद्ध बिरामी भर्ना भएका तीमध्ये धेरैको ज्यान गएको बताएका छन् ।
सहरमा धेरै सङ्क्रमण देखिएकाले बिरामीको मृत्यु कोरोनाबाट भएको हो वा होइन भन्न गाह्रो भएको मानिसहरुको भनाइ छ । अस्पतालमा कार्यरत एक नर्सले बीबीसीलाई सांघाई सरकारले पठाएको स्वास्थ्यकर्मी र विज्ञहरू पनि संक्रमित भएको बताइन्। सहरमा सयौं मानिस संक्रमणको चपेटामा परेका छन् । उनले मास्क नलगाउने धेरै बिरामी रहेको बताए ।
चीनको सबैभन्दा ठूला सहरमध्येको एक साङ्घाईको जनसङ्ख्या २५ करोड छ। सहरमा कोरोना संक्रमण फैलिन नदिन सरकारले ९ दिनका लागि लकडाउन गरेको छ ।