युक्रेनीहरुले किन लेख्दैछन् बालबालिकाको शरिरमा यस्तो विवरण ?
प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार
रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण लेख्न थालेका छन् । युद्ध प्रताडित युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् । ‘युक्रेनी आमाहरूले आफू मारिए र उनीहरूको छोराछोरी बाँचेको अवस्थामा तिनीहरूको शरिरमा पारिवारिक सम्पर्कहरू लेख्ने गरेका छन् ।’
‘युद्धमा आफूहरु मारिने र बच्चा बाँच्न सक्ने अवस्था आउन सक्ने भएकाले युक्रेनी महिलाले आफ्ना बच्चाहरूको शरिरमा पारिवारिक सम्पर्क लेखिरहेका छन् । र, युरोप भने अझै ग्यासबारे बहस भइरहेको छ’, स्वतन्त्र पत्रकार अनास्तासिला लापातिनाले ट्विट गरेका छन् ।
युरोप अझै ग्यासको बारेमा छलफल गरिरहेको छ,’ एक स्वतन्त्र पत्रकार अनास्तासिया लापाटिनाले ट्वीटरमा लेखेकी छिन् ।
उक्त तस्बिर बालिकाकी आमा साशा माकोभीले तीन दिनअघि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । पोष्ट स्थानीय भाषामा छ । ‘यदि केही भयो भने कसैले उनलाई जीवित रूपमा स्वागत गर्नेछ ’ भनेर महिलाले आफ्नी छोरी भेराको नाम उनको शरीर पछाडि लेख्ने निर्णय गरेको बताइन्छ ।
अर्को तस्बिरमा माकोभीले आफ्नो परिवार सुरक्षित छ । उक्त तस्बिरप्रति प्रतिकृया जनाउँदै एक ट्विटर प्रयोगकर्ताले भने, ‘ह्दयविदारक । कुनै शब्द छैन ।’
https://mobile.twitter.com/lapatina_/status/1511059303611969542?cxt=HHwWjMC5pcibrvgpAAAA