युक्रेनको एन्टीएयरक्राफ्ट र एन्टीसिप मिसाइल प्लान्टमा रुसी हमला,प्लान्टमा ठूलो क्षति


प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार

रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ ।

युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो । हमलामा प्लान्टमा ठूलो क्षति पुगेको बताइएको छ ।

रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ । मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो ।
युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ ।

 

कीभमा आक्रमणलाई तीब्र पारिने रुसी रक्षा मन्त्रालयले चेतवानी दिएको छ । राष्ट्रसंघले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com