किशोर पन्थीको जिरो माइल : अमेरिकीभिसा, ग्रिनकार्ड, नागरिकतालगायतका १११ अध्यागमन टिप्स
प्रकाशित मिति : बैशाख ५, २०७९ सोमबार
खसोखासका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा लिखित दोस्रो पुस्तक जिरो माइन बजारमा आएको छ । अमेरिकी अध्यागमनका विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘जिरो माइल’को काठमाण्डौँमा लोकार्पण भएको हो ।
पन्थीद्वारा लेखिएको पुस्तक ‘जिरो माइल’कोलोकार्पण र आषिस फाउण्डेसनको शुभारम्भ उर्जा तथा जलस्रोत मन्त्रीपम्फा भुसालले गर्नु भएको हो । पुस्तक लोकार्पणमा अमेरिका निवासी व्ययवसायी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य लोक तिवारी, अमेरिका निवासी सामाजिक व्यक्तित्व नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष अमेरिका निवासी सामाजिक व्यक्तित्व श्री पराजुली, अमेरिकालाई समेत कर्मभूमि बनाउदै आएका गायक यम बराल र कलाकार सरोज खनालले साथ दिनुभएको थियो ।
नमस्ते मिडियाद्धारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भुसाले भन्नुभयो, ‘नेपालको वास्तविकता बुझ्न नसकेका कारण,अमेरिकामा कतै रुखमै डलर फल्छ कि भन्ने लाग्छ होला ! खासमा अमेरिकामा भौतिक पूर्वाधारको विकास र विधिबाट चल्लने देशको हिसाबले राम्रो हो । तर हाम्रो देश पनि कम छैन र होइन,हामीले लामो समय राजनीतिक व्यावस्था परिवर्तन गर्नु लागेका कारण, चाहे जस्तो पूर्वाधरको विकास गर्न नसकेको सत्य हो ।’
पुस्तकमा अमेरिकामा आप्रवासी र गैर आप्रवासीभिसामा आउनचाहनेहरु र अमेरिका आइसकेकाहरुका लागि मात्र नभई अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि समेत जानकारीहरु समेटिएको छ ।
पुस्तकका टिप्पणीकार एबिसि टेलिभिजनका प्रमुख शुभशंकर कँडेलले पुस्तक सफलताको कामनागर्दै पुस्तकमा अमेरिकी नागरिकता कसरी लिने मात्र नभई कसरी त्याग्नेसम्मका जानकारी भएकाले यही जानकारीको उपयोग गरेर विदेशीएका नेपालीहरुलाई स्वदेश फर्कन आव्हान गर्नुभयो ।
पुस्तककाअर्का टिप्पणीकार पत्रकार यशोदा तिम्सिनाले पुस्तकमाअध्यागमनबारे मात्र नभई आप्रवासीहरुले ध्यानदिनुपर्ने अन्यविषयहरुमा समेत टिप्सहरु रहेका छन् । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गरेको हुँदा पाठकलाई बुझ्न निकै सजिलो हुने बताउँदै लेखको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा नेपाल प्रहरीकापूर्व प्रमुख सर्वेन्द्र खनालले पुस्तक आप्रवासीहरुका लागिउपयोगीभएको उल्लेख गर्दै सफलताको कामनागर्नुभयो ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लेखक पन्थीले भन्नुभयो, ‘अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयौँ व्यक्तिले समस्या भोग्नु परेको र कैयौँ व्यक्ति दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्नेेछ ।’
पुस्तकमा लेखिएका टिप्सहरु जानकारीको लागि मात्र भएको बताउँदै लेखक पन्थीले भन्नुभयो,’आफ्नो आवेदनवा मुद्दाबारे कानूनी सल्लाहका लागि कानूनव्यवसायीलाई सम्पर्क गर्नु पर्दछ ।’
अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेकाले जिरो माइलका रुपमा रहेको र अमेरिकाबाट आप्रपवासीहरुको नयाँयात्रा समेत सुरु हुने भएकाले पनि जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको उहाँले बताउनुभयो । पत्रकार पन्थीको यो दोश्रो पुस्तक हो । यस अगाडि पन्थीको पहिलो पुस्तक कम्पन बजारमा आईसकेको छ ।
नेपालको गुल्मीमा जन्मनु भएका किशोर पन्थी १२ बर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आाउनु भएको छ । उहाँ १० बर्षदेखि न्युयोर्कबाट प्रकाशन हुने खसोखासका प्रधानसम्पादक हुनुहुन्छ । अध्यागमन, सामाजिक र राजनीतिकविषयमा कलम चलाउने उहाँसँग नेपालमा टेलिभिजन, एफएम रेडियो र पत्रपत्रिकामा काम गरेको अनुभव छ ।
उहाँ अमेरिकामाअंग्रेजी सञ्चार माध्यममा पनि कलम चलाउँदै आउनु भएको छ । अमेरिकाको सिकायुनिभर्सिटीबाट मानार्थ पीएचडीबाट सम्मानित उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्राप्तगर्नु भएको छ ।
२८२ पृष्ठको पन्थीको पुस्तकजिरो माइलनमस्ते इन्टरनेशल मिडिया गु्रपपाइभेट लिमिटेडले प्रकाशित गरेको छ । पुस्तकको मूल्य नेपालमा ५ सय रुपैया र अमेरिकामा २० डलर रहेको छ । पुस्तक लेखकले आफ्ना स्वर्गीय भान्जाआषिस खनालप्रति समर्पित गर्नु भएको छ ।
खसोखासकर्मी समेत रहेका खनालको गतमार्च २ मा २६ बर्षको उमेरमाअसमायिकनिधनभएको थियो । पुस्तक बिमोचनकै सन्दर्भ पारेर खनालको स्मृतिमा स्थापितआषिस फाउण्डेशनको शुभारम्भ समेत गरिएको छ ।
फाउण्डेशनको उद्देश्यबारे कानूनव्यवसायी शीतल पाण्डेले प्रष्ट पार्नुभएको थियो ।कार्यक्रममा खसोखासका सहायकप्रधानसम्पादक अस्मिता खड्काले स्वागतमन्तव्य दिनुभएको थियो । कार्यक्रमको संचालन चर्चित मिडियाकर्मी दिनेश डिसीले गर्नुभएको थियो ।
फाउण्डेशनले शिक्षा, स्वास्थ्य, संचार लगायतका क्षेत्रमा सामाजिककार्य गर्नेछ । फाउण्डेशनकी अध्यक्ष स्वर्गीय खनालकी आमा कल्पना खनाल हुनुहुन्छ ।