दाङको मस्जिदमा आक्रमण, आठ जना घाइते


प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार

दाङको लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको अवस्थामा अपरिचित व्यक्तिले आक्रमण गर्दा आठ जना घाइते भएका छन् । स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला केही व्यक्तिले धारिलो हतियार र इँट्टा प्रहार गर्दा लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको छ । सोही ठाउँका ३३ वर्षीय अरसद अली, सब्बीर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली र ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएका हुन् । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com