कराँची विश्वविद्यालयमा बम विष्फोट, तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु


प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार

कराँची विश्वविद्यालयमा मंगलबार भएको बम विस्फोटमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको थियो । विदेशी संकायबाट कन्फ्युसियस केन्द्रतर्फ आउँदै गरेको भ्यानमा बम विष्फोट भएको हो । जसमा केन्द्रका नवनियुक्त सञ्चालक र दुई शिक्षकको मृत्यु भएको छ । विस्फोटमा भ्यान चालकको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा ह्वान गुइपिङ, दिङ मुपेङ र चेन साई रहेका छन् । गुइपिङ केन्द्रका निर्देशक थिए, जबकि डिङ मुपेङ र चेन साई केन्द्रमा पढाउँथे। मृत्यु हुने चालकको नाम खालिद रहेको छ । विष्फोटमा एक चिनियाँ नागरिक र एक स्थानीय नागरिक पनि घाइते भएका छन् ।

सुरक्षामा खटिएका दुई रेन्जर पनि घाइते भएका छन् । घाइतेहरुलाई पटेल अस्पतालमा भर्ना गरिएको छ । पाकिस्तानी प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरी अनुसन्धान गरिरहेको छ ।

विष्फोटको प्रकृतिबारे केही भन्न हतार भए पनि यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com