अझै केही दिन वर्षा हुने


प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यून चापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ ।

उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

दिउँसो पनि विशेष गरी प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका कतिपय स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एकरदुई दिन वर्षा हुने मौसमविद् बासीले बताउनुभयो । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com