भद्रपुर उडेको बुद्ध एयरको जहाज बिचबाटै काठमाडौं फर्कियो, जहाजमा ७३ जना यात्रु सवार


प्रकाशित मिति : जेष्ठ १८, २०७९ बुधबार

 

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज झपा नपुगी काठमाडौंमै फर्किएको छ । उक्त जहानमा ४ जना चालक दलका सदस्यसहित ७३ जना यात्रु सवार थिए ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको टायरमा समस्या देखिएपछि काठमाडौंमै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । उक्त जहाज काठमाडौंबाट बिहान १० बजेर ४३ मिनेटमा उडेको थियो । तर उडानको बीचमै उक्त जहाजको टायरमा समस्या देखिएको थियो । त्यसपछि जहाज काठमाडौंमै फर्काइएको थियो ।

अहिले जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको जनाइएको छ । अवतरणपछि अहिले प्राविधिक जाँच गरिदै गरेको बताइएको छ । केही दिन अघि मात्रै तारा एयरको जहान मुस्ताङम दुर्घटना भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com