माओवादी पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको छ : नेता पुन


प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभयो ।

पुनले नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दवाव परेको बताउनुभयो । उहाँले मन्त्री फेर्ने बारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पार्नुभयो ।

त्यसैगरी सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउनुभयो । पोखरेल अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गर्नुभयो । उहाँले गठबन्धनका शीर्ष नेताहरू बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com