युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोेनेत्स्क रुसी सेनाको कब्जामा


प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार

रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् । सेभेरोदोेनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति दोनबास क्षेत्रमा केन्द्रित गरेको छ ।

रुसीको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ । औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले टेलिग्राममा भने ।
‘सहरको सडकभित्र मात्र लडाइँ चलिरहेको छ’, उनले भने । यसअघि युक्रेनी फौज पछाडि फर्कनुपर्ने अवस्था आउनसक्ने उनले बताएका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com