अमेरिकामा महँगी पछिल्लो चार दशककै उच्च ,केन्द्रीय बैंकले मार्चदेखि ब्याजदर बढाउने


प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार

अमेरिकामा महँगी गत महिनामा तीव्र रूपमा बढेको छ । बढ्दो ऊर्जा र खाद्यान्नको मूल्य वृद्धिका कारण मुद्रास्फीति सन् १९८१ यताकै उच्च भएको छ ।

 

श्रम विभागका अनुसार अप्रिलमा स्थिति ठिक भएपछि मे मा वार्षिक मुद्रास्फीति ८.०६ प्रतिशत पुगेको छ । बढ्दो महँगीले परिवारलाई समस्यामा पारेको छ भने सरकार मुद्रास्फीति नियन्त्रण गर्न दबाबमा छ । यससँगै अमेरिकी केन्द्रीय बैंकले मार्चदेखि ब्याजदर बढाउने भएको छ ।

 

विश्लेषकहरूले मूल्य घटाउन केही कदम चालेको आशा गरेका थिए तर रुस र युक्रेनबीचको युद्धले कच्चा तेल र गहुँजस्ता वस्तुको मूल्य बढेको छ । रुस र युक्रेनका कारण अमेरिकाको निर्यात अवरुद्ध भएको छ, जसका कारण मुद्रास्फीतिसँग जुध्न पहिलेभन्दा कठिन भएको छ ।मे २०२१ को तुलनामा, पछिल्लो महिनामा खाद्यान्नको मूल्य १० प्रतिशत र ऊर्जा ३४ प्रतिशतले बढेको छ ।

यो वृद्धिले समग्र अर्थतन्त्रलाई असर गरिरहेको छ, जसका कारण एयरलाइन्सको टिकट, कपडादेखि स्वास्थ्य सेवासम्म सबै महँगो भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com