उपत्यका बाहिरका ७४ जिल्लाका स्थानीय तहमा निशुल्क इन्टरनेट सेवा


प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार

काठमाडौं उपत्यका बाहिरका ७४ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रले दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सुविधा पाउने भएका छन् ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालनगरि यस्तो सुविधा दिएको हो ।

 

उपत्यका बाहिरका ७४ जिल्लाको स्थानीय तहमा सञ्चालित परियोजना अन्तर्गत ब्रोडब्याण्ड नेटवर्क निर्माण गरिएकाले दुई वर्षसम्म निस्शुल्क सेवा दिन लागिएको हो ।

साथै प्राधिकरणले सर्वसाधारणको माग बमोजिम इन्टरनेट सेवा प्रदायक कम्पनीले प्राधिकरणबाट स्वीकृत महसुलमा इन्टरनेट सेवा उपलब्ध गराउनुपर्ने समेत जनाएको छ ।

यस सम्बन्धि कुनै गुनासो भएमा प्राधिकरणलाई जानकारी गराउन पनि सूचना मार्फत अनुरोध गरिएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com