स्पेन र मोरक्कोको सीमा क्षेत्रमा भएको हिंसाको अनुसन्धान गर्न माग


प्रकाशित मिति : असार १३, २०७९ सोमबार

अफ्रिकी युुनियनले स्पेन मोरक्को सीमामा मारिएकाहरुको छानबीनका लागि आयोग बनाउन माग गरेको छ । अफ्रिकी युनियन कमिसनका प्रमुखले सो माग गर्नुभएको समाचारमा जनाइएको छ ।

मोरक्कोबाट स्पेनका लागि सीमा क्षेत्र पार गर्ने क्रममा त्यहाँ उपस्थित भएका अफ्रिकी नागरिकहरुमाथि हिंसात्मक हमला भएको र मारिएका सो युनियनले जनाएको छ ।

अफ्रिकी युनियन कमिसनका प्रमुख मोउसा फाकी माहमतले सो माग गर्नुभएको हो । उहाँले हालैमात्र मोरक्कोको सीमा क्षेत्रबाट स्पेनतर्फ जाने क्रममा २३ जना अफ्रिकी नागरिकको ज्यान गएको भन्दै यसको छानबीन गर्नका लागि समिति गठन गर्न माग गर्नुभएको हो ।

सो सीमा क्षेत्रमा हालै भएको आक्रमणमा परेर २३ जनाको ज्यान गएको र ती व्यक्ति अफ्रिकी नागरिक रहेका जानकारी आएको थियो । मोरक्कोको नादोर भन्ने सीमा क्षेत्रमा हालै भएको सो हिंसामा परेर अरु दर्जनौँ आप्रबासी पनि घाइते भएका थिए । त्यस क्रममा करिब १४० जना प्रहरी पनि घाइते भएका थिए ।

अफ्रिकी नागरिक भएकै कारणले सो सीमा क्षेत्र पार गर्न नदिइएको र उनीहरुलाई बल प्रयोग गरेर लखेट्ने क्रममा भएको हिंसामा परेर २३ जनाको ज्यान नै गएको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com