संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने तयारी छ : मन्त्री चौधरी


प्रकाशित मिति : असार १४, २०७९ मंगलबार

सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।

आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी मिति घोषणा गर्नसक्ने बताएका छन् । तर सरकारले अहिले भर्खरै निर्वाचनको मिति भने नतोकेको बताए । मन्त्री चौधरीले पदमा बसुञ्जेल देश र जनताको हित हुनेगरि ईमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले मुलुकमा ठूला–ठूला क्रान्ति र परिवर्तन भएको स्मरण गराउँदै देश विकासको लागि अब सबैले ईमानदारितापूर्वक योगदान दिनुपर्ने बताए । नेपालभन्दा धेरै कान्छो देश अमेरिका आज सम्पन्न भएको तर नेपालको भने हालत उही किन रहेको भन्दै उनले प्रश्न पनि गरे ।

नेपालमा गलत काम गर्दापनि सपोर्ट गर्ने अनि राम्रो काम गरेको छ भने विरोध गर्ने परम्परा रहेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com