शिन्जो आबेको निधन, जापानको सरकारी मिडियाद्वारा पुष्टि
प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि भएको घातक हमलापछि जापानको सरकारी मिडियाले उनको मृत्यु भएको पुष्टि गरेको छ ।
यसअघि प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ भनेका थिए। आक्रमणकारीको कारण खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका छन् । किशिदाले भनिन्, ‘म हृदयदेखि नै आबेको स्वास्थ्य लाभको कामना गर्दैछु। म यस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु। लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान हुँदैन।’
राजधानी टोकियोमा भावुक भाषणका क्रममा फुमियो किशिदाले भने, ‘निर्वाचन भइरहेको छ। म जे गर्न सक्छु गर्नेछु, र म यस आक्रमणको निन्दा गर्न सक्दो कडा शब्दहरू प्रयोग गर्न चाहन्छु।’
उनले शिन्जो आबेमाथि भएको आक्रमणलाई माफ गर्न नसकिने बताए । प्रधानमन्त्री किशिदा सिन्जो आबेमाथि हमलाको खबर सुनेपछि यामागातामा चुनावी प्रचारका क्रममा टोकियो पुगेका थिए ।
‘यस समयमा, डाक्टरहरूले आफूले गर्न सक्ने सबै काम गरिरहेका छन्। अहिलेको लागि, म आशा र प्रार्थना गर्दछु कि पूर्व प्रधानमन्त्री यसबाट बच्नुहुनेछ,’ उनले भने।