रुद्राक्षको छायाँमा बसेर ज्ञानेन्द्रले पढेको वक्तव्य मैले नै ड्राफ्ट गरेको हुँः केपी ओली (भिडियो )


प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीले सशस्त्र जनयुद्धका नाममा एमाले र काँग्रेसका कार्यकर्ता मात्रै मारेको आरोप लगाएका छन् ।

‘संविधानसभाका लागि हतियार उठाउनु पर्दथ्यो र ? अहिलेसम्म पनि माओवादीले केका लागि हतियार उठाएको थियो प्रचण्डले जवाफ दिएका छैनन्, भोलि पर्सी जवाफ दिए हुन्छ’, उनले भने ।

राजाले घोषणा गरेको संसद पुनस्र्थापनालाई जनयुद्धको उपलब्धि मान्ने हो भने त्यो घोषणा आफूले मस्यौदा गरेको भन्दै ओलीले गणतन्त्र,धर्मनिरपेक्ष जस्ता उपलब्धि माओवादी जनयुद्धबाट नभएर पुनस्र्थापित संसदबाट भएको दावी समेत गरे । अध्यक्ष केपी ओलीले, ज्ञानेन्द्रले पढेको वक्तव्य एमाले पार्टी कार्यलय बल्खुमा रहेको रुद्राक्षको बोटमुनी बसेर ड्राफ्ट गरेको दाबी गर्दै भने ‘ज्ञानेन्द्रले पढेको वक्तव्य मैले नै ड्राफ्ट गरेको हुँ।’

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com