चिनियाँ नेता लिउको प्रचण्डसँग डिनर, ओलीसँग लन्च


प्रकाशित मिति : असार २७, २०७९ सोमबार

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ भ्रमण र भेटघाटमा व्यस्त छन् । आइतबार नेपाल आइपुगेका उनी आज बिहान सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा गाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालमा चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपालको चार दिने भम्रणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलमा ।

आज बेलुका उनी सोल्टी होटलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्ने छन् । परराष्ट्रका एक अधिकारीका अनुसार त्यहाँ उनीहरु रात्रिभोजमा सरिक हुनेछन् ।यस्तै, मंगलबार उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग भेटघाट गर्नेछन् । बालकोटमा उनले एमाले अध्यक्ष ओलीसँग लन्च मिटिङमा सहभागी हुने बताइएको छ । दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन् ।

मंगलबारै उनले एमालेका उपत्यका अध्यक्ष कृष्ण राई र माओवादीका उपत्यका अध्यक्ष उमेश स्थापितसँग भेटघाट गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भने उनले बुधबार मात्रै भेट्ने परराष्ट्रका अधिकारीले बताए । लिउले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com